काठमाडौं । नेपाली कांग्रेसले उत्कृष्ट काम गर्ने हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई संगै २१ स्थानिय तहका प्रमुखहरुलाई सम्मान गरेको छ।
नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गरेको हो।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले पार्टीको मुख्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो।
ती गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरूबाट पुरस्कृत गरिएको थियो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर बिमला राई लगायत धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान गरिएको छ।
साथै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सम्मान गरेको कांग्रेसले जनाएको छ।
विभागले सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङलाई सम्मान गरेको थियो।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd