logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • तीर्थयात्रामा निस्किएको स्कर्पियो दुर्घटना हुँदा चार जनाको ज्यान गयो

    931Shares
    तीर्थयात्रामा निस्किएको स्कर्पियो दुर्घटना हुँदा चार जनाको ज्यान गयो

    तुलसीपुर । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुई जनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उहाँले बताउनुभयो । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चार जनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट