logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • वन राज्यमन्त्रीलाई पाल्पामा भव्य स्वागत

    889Shares
    वन राज्यमन्त्रीलाई पाल्पामा भव्य स्वागत

            काठमाडौ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकको पाल्पामा भव्य स्वागत भएको छ। वीपी कोइरालाको जन्म जयन्ती तथा पाल्पाको   रामनगर नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको तिज विषेश कार्यक्रम खु्ल्ला तिज प्रतियोगिताको प्रमुख अतिथिको रुपमा सोमबार पाल्पा पुग्नुु भएकी राज्यमन्त्री विकको पाल्पाली जनताले बाजागाजा सहित भव्य स्वागत गरेका थिए। कपिलवस्तु स्थायी बसोवास गर्दै आउनु भएको मन्त्री विकको जन्मथलो र राजनीतिक सुरुवात पाल्पा बाटै भएको कारण पनि जिल्लावासीले माया र सम्मान गरेका हुन। मन्त्री वन्नु भए पछि उहाँको  यो पहिलो पाल्पा भ्रमण हो।
    कार्यक्रममा प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण संगै अर्को वृक्षरोपण कार्यक्रममा पनि सहभागिता जनाउनु भएको थियो।


    कार्यक्रम प्रमुख अतिथिको रुपमा वोल्ने क्रममा पाल्पाली जनताको माया र सद्भाव बाट अझ जिम्मेवार वन्न प्रेरणा मिलेको  बताउनु भयो। उहाले भन्नुभयो ” म आज प्रतियोगितामा विजयी साथीहरूलाई बधाई दिन चाहन्छु। संगै आयोजक र पाल्पावासी आमा-बुवा, दाजुभाइ र दिदीबहिनीहरुलाई हृदय बाटै धन्यवाद दिन चाहन्छु । यहाहरुको यो माया र सद्भावले मलाई थप जिम्मेवार वनाएको छ।”
    मन्तव्यकै क्रममा नेपालमा युवाहरु वेरोजगार र विदेशीने क्रम बढेको भन्दै उहाँले भन्नुभयो, “युवाहरुको विदेश पलायन रोक्न रोजगारी सिर्जना गर्ने नीति अपरिहार्य छ ।  त्यसका लागि कृषि, शिक्षा, अर्थ र युवानीति रोजगारमैत्री बनाउनुपर्छ । अर्काे कुरा युवामा पनि सबै विषय एकैपटक छिट्टै चाहिन्छ भन्ने हतास मनोविज्ञान हट्नु जरुरी छ ।”

    सरकारले उचित वातावरण बनाएर युवाहरुमा आशा देखाउन पहल थालेको उल्लेख गर्दै उहाँले अहिलेको जसरी युवा विदेश पलायन भइराखे केही समयमै मुलुकका हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने चिन्ता व्यक्त गर्नुभयो । कृषिमा आधुकिकीकरण गरी मल, बीउ समयमै उपलब्ध गराउनुपर्ने, बजारको निश्चित व्यवस्था गर्नुपर्ने, उपकरणमा सहुलियत दिनुपर्ने युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैन यसकोलागि सरकारको तर्फबाट स्पस्ट निति बनाउन आफू लागिपर्ने बताउनु भयो।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार