logo

२०८३ भाद्र १८ बिहीबार

logo
  • २०८३ भाद्र १८ बिहीबार
  • किरातीले भने– ‘हल्लाको भ्रममा नपर्नुस्’, अध्यक्ष साम्पाङसँग सम्बन्धमा दरार आएको चर्चाप्रति दिए यस्तो जवाफ

    889Shares
    किरातीले भने– ‘हल्लाको भ्रममा नपर्नुस्’, अध्यक्ष साम्पाङसँग सम्बन्धमा दरार आएको चर्चाप्रति दिए यस्तो जवाफ

    काठमाडौं । श्रम संस्कृति पार्टीको आज बसेको बैठकमा वरिष्ठ नेता सुदन किरातीको उपस्थिति नभएपछि पार्टी अध्यक्ष हर्क साम्पाङ र किरातीबीच सम्बन्धमा दरार आएको चर्चाले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा स्थान पाएको छ। तर, किरातीले भने आफू बैठकमा उपस्थित नभएको विषयलाई लिएर आएका विभिन्न अड्कलबाजी र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

    किरातीले मंगलबार साँझ आफ्नो फेसबुकमार्फत आफू बैठकमा अनुपस्थित भएको विषयलाई लिएर सार्वजनिक भएका चर्चाप्रति ध्यानाकर्षण गराउँदै वास्तविकता फरक रहेको संकेत गरेका हुन्।

    उनले देश शोक र संकटको घडीमा रहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा सबै जिम्मेवार, संयमित र एकताबद्ध हुन आवश्यक रहेको बताएका छन्।

    ‘काम गर्दै जाँदा भूल, गल्ती र कमजोरी हुन सक्छन् तर त्यसमा खराब नियत नै छ भन्नु हुँदैन,’ किरातीले लेखेका छन्, ‘आज देश शोक र संकटको घडीमा छ। यस्तो संवेदनशील समयमा हामी सबै अझ बढी जिम्मेवार, संयमित र एकताबद्ध हुन आवश्यक छ।’

    आफ्नो फेसबुक स्टाटसमार्फत उनले देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन नसक्ने धारणा पनि सार्वजनिक गरेका छन्। उनले सबैले विगतका आ–आफ्ना आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन्।

    ‘देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन। यसैले सबै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नुपर्ने हुन्छ,’ उनले भनेका छन्।

    किरातीले आफू बैठकमा उपस्थित नभएको विषयलाई अध्यक्ष सम्पाङसँगको सम्बन्धसँग जोडेर विभिन्न किसिमका निष्कर्ष निकाल्नुभन्दा वास्तविकता बुझ्न आग्रह गरेका छन्। साथै उनले पार्टीभित्रका सबै पक्षलाई संयमित हुनसमेत आह्वान गरेका छन्।

    उनले भोलि हुने बैठकमा सबैलाई उपस्थित हुन आग्रह गर्दै पार्टीभित्र देखिएका विषयमा छलफल र संवादबाट अघि बढ्नुपर्ने संकेत गरेका छन्।

    पछिल्लो समय श्रम संस्कृति पार्टीभित्र अध्यक्ष सम्पाङ र वरिष्ठ नेता किरातीबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा हुँदै आएका थिए। मंगलबारको बैठकमा किराती उपस्थित नभएपछि ती चर्चाले थप बल पाएको थियो। तर, किरातीको पछिल्लो अभिव्यक्तिले भने सामाजिक सञ्जालमा चलेका कतिपय अड्कलबाजीप्रति उनले असहमति जनाएको देखिन्छ।

    किरातीले आफ्नो स्टाटसको अन्त्यमा ‘भ्रममा नपर्न’ आग्रह गर्दै पार्टीका सबै पक्षलाई आगामी बैठकमा उपस्थित भएर विषयलाई संस्थागत ढंगबाट अघि बढाउन आह्वान गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट