logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • पहिचान भएका शव शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने तयारी

    715Shares
    पहिचान भएका शव शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने तयारी

    १० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् ।

    बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए ।

    पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पहिचान भएका शवलाई शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ लगायतबाट पहिचान हुन नसके डीएनए परीक्षण गर्नुपर्ने र त्यसको थप तीन, चार दिन लाग्न सक्ने चिकित्सकहरूले बताएको पौडेलले जानकारी गराए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १०, बिहीबार १२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार