logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • ‘किड्नी दान नपाएको भए मेरो १७औं पुण्यतिथि भइसक्थ्यो’

    790Shares
    ‘किड्नी दान नपाएको भए मेरो १७औं पुण्यतिथि भइसक्थ्यो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित हुने बताएका छन् । डा. अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक नै नभएको मान्छेलाई केही कुरा पनि दान दिन नहुने बताए ।

    उनले भने, ‘जसलाई जे दान आवश्यक छ, त्यो दिने हो, मेरो किड्नी गयो, मलाई किड्नी आवश्यक भयो, म अहिले दानकै किड्नी लिएर बाँचिरहेको छु । दान कति महत्वपूर्ण रहेछ भन्ने त यहीबाट थाहा हुन्छ नि ? किड्नी दान नगरेको भए त म उहिल्यै १७ वर्ष अगाडि, अहिले मेरो १७औं पुण्यतिथि हुन्थ्यो । दान जीवनसँग सम्बन्धित छ । जसलाई जुन चिज आवश्यक हुन्थ्यो, त्यो कुरा दान दिनुपर्छ ।’ उनले आफ्नो पार्टीले भिक्षुलाई राष्ट्रियसभामा सदस्य बनाएकोसमेत बताए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ९, बुधबार ११:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार