logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने

    928Shares
    भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने

    काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार ९आज० नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

    विद्युतमन्त्री खट्टरले नेपाल आए लगत्तै भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै, आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । यसैगरी, दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

    मङ्गलबार नै मन्त्री खड्का र भारतीय समकक्षी खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय रहेको छ ।

    खट्टरले बुधबार मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । विद्युतमन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार