logo

२०८३ श्रावण २६ मंगलवार

logo
  • २०८३ श्रावण २६ मंगलवार
  • अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ

    751Shares
    अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ

    चितवन । अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन् ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घका अनुसार एक्सएल अण्डाको प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ । सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ तोकिएको छ ।

    व्यवसायीका अनुसार पछिल्लो समय बजारमा अण्डाको माग बढेसँगै मूल्य वृद्धि गरिएको हो । अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भएकाले एक क्रेटको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्ने सङ्घले जनाएको छ ।

    बर्डफ्लुको सङ्क्रमणका कारण विगतमा किसानले ठूलो क्षति व्यहोर्नुपरेको थियो । उत्पादन लागतअनुसार मूल्य नपाउँदा पछिल्ला केही वर्षमा धेरै किसान कुखुरापालन व्यवसायबाट पलायन हुन थालेका छन् ।

    उत्पादन घट्नु, कुखुरामा विभिन्न रोगको सङ्क्रमण देखिनु तथा बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा मर्नुले बजारमा अण्डाको आपूर्ति घटेको व्यवसायीको भनाइ छ । यसका कारण पछिल्लो समय मागको तुलनामा उत्पादन कम हुँदा अण्डाको मूल्य बढेको हो ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि ठूलो सङ्ख्यामा कुखुरा मरेकाले उत्पादन घटेको छ । उत्पादन घटेपछि बजारमा अण्डाको माग र मूल्य दुवै बढेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट