काठमाडौं । लगातार सहमतिका लागि लचकता प्रदर्शन गर्दागर्दै पनि नेपाली कांग्रेसको नेतृत्वले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतलाई कारबाही गरेको छ।
आज बजेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उहाँहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको लगायतका आरोप लगाउँदै कारबाही गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।
वार्ताका लागि पटकपटक लचकता प्रदर्शन गर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रतिक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेका छन्।
देशभरिबाट आएका ६३% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिइरहे पनि महामन्त्रीद्वय थापा र शर्माले वार्तालाई प्राथमिकता दिँदै आउनुभएको थियो।
वार्तालाई वेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार गरेपछि विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति गठन गर्ने तयारी गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया