logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • समर्थन गरेका दललाई पनि सरकारमा समेट्नेबारे कांग्रेस-एमालेबीच छलफल

    समर्थन गरेका दललाई पनि सरकारमा समेट्नेबारे कांग्रेस-एमालेबीच छलफल

    754
    SHARES
    समर्थन गरेका दललाई पनि सरकारमा समेट्नेबारे कांग्रेस-एमालेबीच छलफल

    काठमाडौं। कांग्रेस-एमालेको सहकार्यलाई समर्थन गरेका दलहरूलाई पनि सरकारमा समेट्नेबारे शीर्ष तहमा छलफल थालिएको छ। कुनै उलटफेर नभए यही अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले भोलिबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।



    हिजो साँझा नयाँ सरकार गठन, मन्त्रीहरूको सहभागितालगायतका विषयमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको देउवा सचिवालयले जनाएको छ । दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र सहमति कार्यान्वयनमा केन्द्रित भई कुराकानी भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

    उनले भने, ‘प्रायस् सबै साना दलहरूले कांग्रेस-एमाले गठबन्धनमा समर्थन जनाइसक्नुभएको छ। अब उहाँहरूलाई सँगै लिएर जानुपर्छ भन्ने विषयमा छलफल चलिरहेको छ ।’

    उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दुई ठूला दलहरूबीच सहमति भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बनेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सबैलाई सरकारमा सहभागी हुन सदनबाटै आह्वान गर्ने बताए ।

    एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ । मन्त्रालयको भागबण्डा मिलाउन कांग्रेसबाट रमेश लेखक र एमालेबाट शंकर पोखरेल आन्तरिक गृहकार्यमा छन् ।

    तर, साना दलहरू पनि सहभागी हुने भएकाले अहिले नै मन्त्रालयबारे टुंगो लागि नसकेको ओलीले हिजो बसेको संसदीय दलको बैठकमा पनि ब्रिफिङ गरेका थिए ।

    ‘मन्त्रालयको बाँडफाँट भइसकेको छैन । को-को सरकारमा सामेल हुने टुंगिएको छैन । साधारणतया हैसियतको आधारमा कांग्रेस र एमालेको बराबर हुन्छ’उनको भनाई थियो ।


    फास्ट न्युज
  • बिहिबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट