logo

२०८१ कार्तिक २६ सोमबार

logo
  • सोमबार, २६ कार्तिक २०८१
  • स्थिर सरकारका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिएको कांग्रेस महामन्त्री शर्माको दाबी

    स्थिर सरकारका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिएको कांग्रेस महामन्त्री शर्माको दाबी

    390
    SHARES
    स्थिर सरकारका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिएको कांग्रेस महामन्त्री शर्माको दाबी

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् ।



    झापामा आज आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताएका हुन् । महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।

    ‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान संकट समाधान गर्नेमा हामी आशावादी छौँ ।’स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए।

    उनले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको आज शिलान्यास गरे। उक्त आयोजनाअन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिए।

    ओभरहेड ट्याङ्कीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल १० करोड ४८ लाख १९ हजार लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौँले काम गरिरहेको छ । कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार संघीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

    यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उनले बताए।

    शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।


    फास्ट न्युज
  • बुधबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट