logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा: प्रदेशमा वर्षाको सम्भावना

    895Shares
    भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा: प्रदेशमा वर्षाको सम्भावना

    नेपालमा स्थानीय वायु र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।  कोशी, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    भोलि कोशी, मधेस, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार