logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • काठमाडौँबाट लामो दूरीका गाडी सञ्चालनमा रोक, टिकट काटिसकेकाहरूलाई रकम फिर्ता

    937Shares
    काठमाडौँबाट लामो दूरीका गाडी सञ्चालनमा रोक, टिकट काटिसकेकाहरूलाई रकम फिर्ता

    काठमाडौँ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाबाट लामो दूरीका गाडी आज बिहानसम्म पनि गन्तव्यतर्फ जान दिइएको छैन।

    उपत्यकाभित्र अवस्था सामान्य रहे पनि बाहिरी सडक अझै जोखिम र अवरुद्ध भएकाले लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको हो। बाहिरी सडकहरु अझै जोखिमपुर्ण रहेकोले यातायात व्यवसायीलाई तत्काल टिकट बुकिङ नगर्न निर्देशन दिइएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका सबै नाकाबाट लामो दूरीका गाडी नपठाइएको हो। यसबीचमा बसको टिकट काटिसकेकाहरूलाई रकम फिर्ता गरिएको छ। सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत काठमाडौँ उपत्यका आउजाउमा रोक लगाउने निर्णय गरिसकेको छ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १९, आईतवार ०३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार