काठमाण्केडाै । हिदिन देखिकाे अविरल वर्षापछि इलाममा २ जनाको मृत्यु भएको छ । इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् । इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना बेपत्ता छन् ।
पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । घर माथिबाट खसेको पहिरोका कारण माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
इलामको मांसेबुंग गाउँपालिका वडा नम्बर १ मा बाढीले पुल बगाएको छ । मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई नसकेको बताइन् । उनले भनिन् जिल्लामा धेरै ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको खबर आएको छ । घटन स्थलमा प्रहरी पुग्ने क्रम जारी छ ।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् ।इलाममा बिहानबाट पानी रोकिएको छ । पानी रोकिएपछि उद्धारको कार्य जारी रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए । उनले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएकाले क्षतिको विवरण सङ्कलन भइरहेको पनि बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया