logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • काठमाडौँबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

    961Shares
    काठमाडौँबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

    काठमाडौँ, १६ असोज : प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेका साथबाट रु ११ लाख ४८ हजार पाँच सय नगदसमेत बरामद गरेको छ ।

    काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना र काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित त्रिपुरासुन्दरी होटल एण्ड लजबाट १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    प्रहरीले उनीहरूका साथबाट ६२ थान कौडा, २६ थान मोबाइल र कौडा राख्ने भाडालगायत सामग्री बरामद गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट