काठमाडौं । सरकार सस्तो लोकप्रियतामा अल्झेको भन्दै जेनजी मुभमेन्ट नेपालले अशोज २३ गत्ते आन्दोलनको घोषणा गरेको छ । सत्ता उलटफेर गर्ने २ दिनको आन्दोलनपछि जेन जी विद्रोहको नेतृत्वमाथि विभिन्न व्यक्ति र समूहले दावी गरिरहेका बेला फेरि असोज २३ अर्थात अक्टोबर ९ मा आन्दोलन घोषणालाई लिएर आरोप प्रत्यारोप चलेको छ । जेनजी अलायन्स लगायत व्यक्ति र समूहले असोज २३ मा कुनै प्रदर्शन नरहेको भनिरहेका बेला जेनजी मुभमेन्ट नेपाल भन्ने संस्थाले अक्टोबर ९ मा शान्तिपूर्ण आन्दोलन हुने भन्दै वक्तव्य जारी गरेको छ ।
आज असोज १७ गते बालुवाटार ठेगाना रहेको जेनजी मुभमेन्टको लेडरहेडमा जारी विज्ञप्तिमा अन्तरिम सरकारमाथि समेत प्रश्न उठाइएको छ । सरकार लाचार भएर सस्तो लोकप्रियतामा मात्रै अल्झिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
उक्त समूहले केही छानबिन,केही पक्राउ गरेर जनतालाई अल्मल्याउने कार्य अब नचल्ने भन्दै अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई लैजान आन्दोलन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । आन्दोलन र संघर्ष शान्तिपूर्ण हुने भन्दै आवाज दबाउन खोजिए र बलिदानलाई तोडमोड गर्ने प्रयास भएमा प्रतिवाद गर्ने जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया