logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • रास्वपाका दुई उपसभापति अर्याल र वाग्लेसहित ९ नेतालाई पक्राउ गर्न प्रहरीमा जाहेरी

    919Shares
    रास्वपाका दुई उपसभापति अर्याल र वाग्लेसहित ९ नेतालाई पक्राउ गर्न प्रहरीमा जाहेरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित ९ जनालाई पक्राउ गर्न प्रहरीमा जाहेरी परेको छ ।

    सिन्धुली घर भइ हाल काठमाडौंको आलोकनगर बस्ने युवराज सफलले रास्वपाका उपसभापति अर्याल र अर्का उपसभापति वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

    सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।

    उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।

    हेर्नुहोस् जाहेरीको पूर्णपाठ :-



    फास्ट न्युज    
  • २०८१ कार्तिक ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट