logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • ३७ राष्ट्रका सेनामा नेपाली सेना देखिए अब्बल, जिते स्वर्ण पदक

    1KShares
    ३७ राष्ट्रका सेनामा नेपाली सेना देखिए अब्बल, जिते स्वर्ण पदक

     काठमाडौं : सेनाहरुको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ।

    संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।
    यसभन्दा अघि पनि नेपालले नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।



    फास्ट न्युज    
  • २०८१ आश्विन २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट