logo

२०८३ श्रावण १८ सोमबार

logo
  • २०८३ श्रावण १८ सोमबार
  • नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड

    736Shares
    नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा भेटवार्ता भएको छ।

    सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र मोरक्कोबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भेटका क्रममा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने, विशेषगरी नेपालका लागि रासायनिक मलको आपूर्तिलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

    यसका साथै नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, जनस्तरको सम्पर्क विस्तार, तालिम तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा समेत सहकार्य बढाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

    नेपाल र मोरक्कोबीच पारस्परिक हितका विविध क्षेत्रमा सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट