ऐंसेलुखर्क । खोटाङको ऐसेलुखर्क गाउँपालिका क्षेत्रमा वर्षाका कारण अवरुद्ध सडक मर्मत तथा सफाइको काममा तीव्रता दिइएको छ । अवरुद्ध सडकमा सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउन तथा दसै पर्वलाई मध्येनजर गर्दै सडक मर्मत तथा सफाइको काम गरिएकोे गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनु भएको छ ।
अध्यक्ष राई भन्नुहुन्छ, ‘दसैंका लागि मर्मत गरिएका सडक बर्षाका कारण बिग्रिएका छन् । यसपाली भारी बर्षाको समयमा अवरुद्ध सडक खुलाउने निकै प्रयत्न गरिएको छ ।’ महेश्वरी, जल्लेश्वरी, र माक्पा क्षेत्रमा सडक मर्मत तथा सफाइको काम तिव्ररुपमा भइरहेको र अब केही दिनमा नै सम्पन्न हुने अध्यक्ष राईको भनाइ छ ।
उता, राखा र बाकाचोलको सडक एकपटक सफा गरिएपनि बर्षाको कारण बिग्रिएकोले फेरि पुनः सफा गर्नुपर्ने भएको छ । यस्तो परिस्थितिमा चाँडो जनतालाई सेवा प्रवाहको लागि असल भूमिका निर्वाह गरेको भन्दै उपाध्यक्ष , वडाध्यक्षहरु, जनप्रतिनिधि, प्रसासकीय प्रमुख प्रसासन, लेखा लगायत शाखाका सबै कर्मचारीप्रति अध्यक्ष राईले हार्दिक आभार प्रकट गर्नु भएको छ । ‘पालिका संयन्त्र सधैं यहि गतिमा बढोस् भन्न अपेक्षा राख्दछु‘, अध्यक्ष राईले लेख्नु भएको छ ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया