logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • किसान संग कांग्रेस भन्ने नारा सहित खोटाङ कांग्रेसले मनायो धान दिवस

    किसान संग कांग्रेस भन्ने नारा सहित खोटाङ कांग्रेसले मनायो धान दिवस

    1.2K
    SHARES
    किसान संग कांग्रेस भन्ने नारा सहित खोटाङ कांग्रेसले मनायो धान दिवस

    नेपाली कांग्रेस खोटाङले किसान संग कांग्रेस भन्ने नारा सहित असार १५ मा धान दिवस मनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङको आयोजना तथा नेपाल किसान संघ लगायत सम्पूर्ण भातृ संस्थाहरुको सहभागितामा असार १५ गते शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पा स्थित कविता चौहान वास्तोलाको खेतमा धान रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो ।
    मुलुकको अर्थतन्त्रको दिगो आधार भनेकै कृषि र पर्यटन भएको हुदा असार पन्ध्रमा धान रोपाइ गरेर खोटाङ कांग्रेसले कृषि अभियान चलाएको जिल्ला पार्टी प्रवक्ता रोजन राईले बताउनु भयो।
    खोटाङ कांग्रेसले `किसान संग कांग्रेस´ अभियान साउन छ गत्ते वीपी स्मृति दिवसको दिन वृक्षा रोपन गरेर समापन गर्ने प्रवक्ता राईले बताउनु भयो। पार्टीको थप कार्यक्रमको संवन्धमा उहाले भन्नुभयो “हामी अब एक महिनाभरी किसानको घर घरमा पुगेर किसानहरुको विधमान समस्याबुझ्ने, किसानहरुको खेतमा सघाउने, सिँचाई कुलोहरु मर्मत गर्न सघाउने, उजाड भूमिमा वृक्षारोपण गर्ने तथा कृषि विज्ञ तथा प्राविधिक संग किसानहरूको अन्तरक्रिया गर्ने गराउने छौ”



    शनिवार नेपाली कांग्रेस खोटाङ र नेपाल किसान संघ खोटाङको संयुक्त व्यानर राखेर आयोजना गरिएको धान रोपाईमा महिला संघ खोटाङका दिदी बहिनीहरु छुपुछुपु धान रोपिरहेका देखिन्थे भने नेपाल तरुण दल, नेवि संघका नेताहरु गोरु साउने र खेत हिल्याउने काममा खटिरहेका देखिन्थे । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एकतावद्व भएर कोही बीउ काढ्दै, कोही रोप्दै कोदाली मच्याइरहेको दृष्य साँच्चि नै लोभलाग्दो देखिन्थ्यो ।
    करिव १२ पाथीको विउ जाने नेर्पा स्थित मोहोरिया टोलमा रहेको खेत नै धान दिवसका दिन रोज्नु पर्ने कारण खेतका धनी कविता चौहान वास्तोला एकल महिला भएको र उहाँको सासु पनि असक्त रहेको, बालबच्चाहरु साना साना भएको हुँदा यो अभियानले उहाँलाई पनि सहयोग पुग्ने उद्धेश्यले उहाहरुको खेतमा धान दिवस मनाईएको नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख बिष्णुराज राईले वताउनु भयो ।
    ‘आफूले यसरी सहयोग पाउँला र यसपालिको खेती उतारौँला भन्ने कल्पनामा पनि सोँचेकी थिइन । ठूलो राहत मिल्यो, उहाँहरुलाई भगवानले कल्यान गरुन् ।’–भावूक बन्दै खेतका धनि कविता चौहान वास्तोलाले कुराकानी गर्दै धान रोपाईमा सहभागी सबैको प्रशंसाा गर्नुभयो ।
    शैक्षिक अभियन्ता तथा कांग्रेसका अग्रज पवन थापाको प्रमुख आतिथ्यतामा भएको धान दिवस कार्यक्रममा उहाले रोपाहारहरुलाई धानको बीउ हस्तान्तरण गरेर रोपाइँ प्रारम्भ भएको थियो। तयस्तै संगठन विभाग प्रमुख बिष्णुराज राई र किसान संघ अध्यक्ष देवराज घिमिरेले तरुण बिधार्थीहरुलाई कोदाली हस्तान्तरण गरेका थिए भने महासमिति सदस्यहरु सहरमान राई र देवी राईले ट्रेड युनियन र कर्मचारी युनियनका पदाधिकारीलाई फ्याउरी लगायत कृषि सामाग्री हस्तनतरण गरेर संयुक्त उद्घाटन गर्नु भएको थियो।
    नेपाली कांग्रेसको प्रबक्ता रोजन राई, संगठन बिभाग प्रमुख बिष्णुराज राई, कांग्रेसका महसमिति सदस्य शहरमान राई, महासमिति सदस्य देवी राई, महासमिति सदस्य एवं नेपाल तरुण दलको कन्द्रिय सदस्य भिषण राई, जिल्ला कार्य समति सदस्य मिना कार्की, महिला नेतृ अन्जना बस्नेत केसी, निर्वाचन क्षेत्र प्रदेश सभा (क) का क्षेत्रिय उपसभापति परशुराम तामाङ, निर्वाचन क्षेत्र प्रदेश सभा (क) का क्षेत्रीय सचिव राजन भट्टराई, नेवि संघ केन्द्रिय सदस्य रुपन राई, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य अनिल आचार्य, नेपाल किसान संघ खोटाङका सभापति देवराज घिमिरे, नेपाल विध्यार्थी संघका जिल्ला अध्यक्ष मोतिचन्द्र राई,  तरुण दल जिल्ला सदस्य विरेन गुरुङ, सन्तोष कार्की, नेबिसंघ जिल्ला सदस्य प्रतीक आचार्य, तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरकार्य समिति अध्यक्ष दिवासन राई, ट्रेड युनियन कांग्रेसका जिल्ला सह सचिव श्याम पौडेल,नेपाली कांग्रेसका तर्फबाट नेर्पाका वडाध्यक्षका उम्मेदवार हरि राई, उध्योग बाणिज्य संघ पूर्व जिल्ला सदस्य निरकुमार रसाइली, युवा व्यवसायी तथा बाम्रङका नेता नवीन श्रेष्ठ, सञ्चारकर्मीहरु नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाई, समायोजनखवरका चिसाङ शेर्पा, हलेसी एफएमका सुनिल श्रेष्ठ लगायत स्थानीय नेपाली कांग्रेस आवद्ध ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
    धान दिवसमा सहभागीहरुले गाउँको शुद्ध दहि चिउरा खाँदै वेला वेला असारे गीत घन्काउदै रमाइलो गरेका थिए ।


    फास्ट न्युज
  • शनिबार, १५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट