logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • नेपालमा क्रान्ति धेरै भयो, अब गान्धी बिचारधारा पछ्यानु पर्छ

    871Shares
    नेपालमा क्रान्ति धेरै भयो, अब गान्धी बिचारधारा पछ्यानु पर्छ

    काठमाडौं । नेपाली भूमिमा लामो समयदेखि क्रान्तिको अभ्यास धेरै भएपनि सार्थक निकाष नभएकोले अब गान्धी बिचारधारालाई अवलम्बन गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । बुधबार काठमाडौंको संवाद डबलीमा गान्धी शान्ति प्रतिस्ठान नेपालले आयोजना गरेको ‘१५५औं गन्धी जयन्ती’को अवसरमा वक्ताहरुले हिंसा भन्दा शान्तिपूर्ण बाटोबाटै देशलाई निकाष दिनु पर्नेसमेत बताए ।
    सो कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छमेकी मुलुक भारतलाई ब्रिटीस साम्रज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी बिचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए । केसीले गान्धीको योगदानको चर्चा गर्दै भने,“गान्धीका समकालिन् अरु नेताहरुले हिंसात्मक लडाई लडे पनि अन्तिममा गन्धीको ‘भद्र अवज्ञा’ आन्दोलनले मात्रै पार पायो, यो नेपालीले पनि बुझ्नु पर्छ ।”
    केसीले गान्धीको शान्तिवादी असहयोग आन्दोलनको प्रश्तावमाथि तत्कालिन राज नेताहरुले हास्यास्पदरुपमा लिएको र ब्रिटिसहरुले पनि सामान्य लिए पनि अन्ततः गान्धी नै सहि सावित भएको बताए ।
    पूर्व साम्सद हरिचरण साहले नेपालमा कहिले काँग्रेस त कहिले कम्युनिस्टको नाममा हत्या हिंसा चलेता पनि त्यसले देशलाई फाइदा भन्दा घाटा गरेकोप्रति आक्रोष व्यक्त गर्दै, गान्धीको बाटो आवलम्बन गर्न सुझाए ।
    आयोजक संस्था गान्धी शान्ति प्रतिस्ठानका प्रमुख सल्लाहकार डा.चन्द्र कुमार सेर्माले गान्धी सिद्धान्तको आवश्यकताको बारे प्रष्ट्याउँदै नेपाल सर्बधर्म, शान्ति र अहिंसाको बाटोमा अघि बढ्न आवश्यक रहेको सन्देश दिए ।
    प्रतिस्ठानका अध्यक्ष डा.लालबहादुर रानाले नेपाल र नेपालीले दीर्घकालीन शान्ति तथा विकासको अपेक्षा गरिरहे पनि देशमा असमानता र अशिक्षाको कारण त्यसो हुननसक्नु दुःखत रहेको बताए । गान्धी जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनताको शान्ति र समृद्धि अपेक्षालाई सरकारले पूरा गर्नु पर्नेमा जोड दिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट