logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • प्रहरी प्रधान कार्यलयबाट १ सय ४३ डीएसपीको सरुवा

    958Shares
    प्रहरी प्रधान कार्यलयबाट १ सय ४३ डीएसपीको सरुवा

    काठमाडौँ । नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षक ( DSP) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो ।

    २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।

    त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय हेटौडामा सरुवा गरिएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यलय तुलसीपुर दाङ अपराध सहायता शाखा बाट अख्तियार अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगाल प्रहरी महाशाखा वा माताहत हुनेगरी सरुवा गरिएको छ।सूची सहित :

     

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट