काठमाडौँ । नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षक ( DSP) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो ।
२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।
त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय हेटौडामा सरुवा गरिएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यलय तुलसीपुर दाङ अपराध सहायता शाखा बाट अख्तियार अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगाल प्रहरी महाशाखा वा माताहत हुनेगरी सरुवा गरिएको छ।सूची सहित :










© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया