logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • वर्तमान राजनीतिलाई अस्थिरता तिर लैजाने षड्यन्त्र भैरहेको छ- विद्वान गुरुङ

    1.1KShares
    वर्तमान राजनीतिलाई अस्थिरता तिर लैजाने षड्यन्त्र भैरहेको छ- विद्वान गुरुङ

    बर्तमान राजनीतिलाई अस्थिरता तिर लैजाने षड्यन्त्र भैरहेको नेपाल तरुण दलका अध्यक्ष बिद्ववान गुरुङले बताउनु भएको छ।

    तरुण दलको आजवाट सुरु भएको बैठकलाई संवोधन गर्ने क्रममा  अध्यक्ष गुरुङले मुलुकमा संघियता र लोकतन्त्र बिरोधि शक्तिहरु सलबलाउन थालेको बताउदै यसलाई निस्तेज पार्न तरुण दलका प्रत्येक सदस्य गम्भीर र चनाखो हुनुपर्ने बताउनु भयो।  उहाले भन्नू भयो ” अहिले लोकतन्त्रलाई कमजोर वनाउने शक्तिहरु अनेकौं रुपमा सलबलाई रहेको छ। त्यस्तो शक्तिलाई निस्तेज पार्न हाम्रा प्रत्येक सदस्यहरु गम्भीर र चनाखो हुनु पर्दछ।”

    बैठकमा सहभागी केन्द्रीय सदस्यहरु

    गुरुङले तरुण दलको विधान समितिले तयार पारेको प्रस्तावित विधान माथि छलफल गर्ने क्रममा सबै सदस्यहरुको भावना र सुझावलाई समेट्ने प्रयास गरिने वताउदै, निसंकोच पुर्वक आफ्ना सुझावहरु राख्न केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको थियो।

    गुरुङले भन्नुभयो  ” तपाई प्रत्येक साथीहरूको सुझाव र भावनालाई सकेसम्म समेट्ने प्रयास गरिनेछ। तपाईंहरुले आफ्नो कुरा मजाले राख्नुस तर, हाम्रो मुलुकको सविधानको मर्म र तरुन दलको इतिहासलाई मर्न नदिने गरि विधान निर्माणमा अघि बढ्नुस”

    तरुणदलको पाँचौं महाधिवेशनको तयारी अन्तर्गत दलको बिधान मस्यौदा समितिले तयार पारेको प्रस्तावित मस्यौदा माथि शनिबार बाट छलफल प्रारम्भ भएको बैठक भोलि आइतबार समापन हुने केन्द्रीय सदस्य नवीन राईले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट