logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

    895Shares
    नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

    काठमाडौँ।  नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७।०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ ।

    आज ३१२ कम्पनिको कारोबार हुदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ।

    आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ  ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट