काठमाडौं । जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको समूह चरणका खेल सम्पन्न भएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको छ ।
महिला बास्केटबलतर्फ फूल कोर्ट र थ्री बाइ थ्री दुवै विधाका क्वार्टरफाइनल खेल आज शुक्रबार सञ्चालन हुँदैछन् ।
सुर्खेतमा हुने फूल कोर्टतर्फको पहिलो क्वार्टरफाइनलमा बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि बिहान १० बजे सुदूरपश्चिम र लुम्बिनी, ११ बजे कोशी र नेपाल प्रहरी तथा दिउँसो १२ बजे नेपाली सेना र बागमती प्रदेश आमनेसामने हुनेछन् ।
त्यस्तै, थ्री बाइ थ्रीतर्फ दिउँसो १:३० बजे नेपाली सेना र गण्डकी प्रदेश, १:५० बजे बागमती र लुम्बिनी, २:१० बजे सुदूरपश्चिम र एपीएफ तथा २:३० बजे नेपाल प्रहरी र कर्णाली प्रदेशबीच क्वार्टरफाइनल भिडन्त हुनेछ ।
सबै खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन् । क्वार्टरफाइनलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया