logo

२०८३ मंसिर ११ बिहीबार

logo
  • २०८३ मंसिर ११ बिहीबार
  • पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, काठमाडौं ल्याइयो

    862Shares
    पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, काठमाडौं ल्याइयो

    काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । बिहीबार स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएका उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।

    विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

    अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ । उक्त प्रकरणमा उनीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा अर्यालले मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा भूमिका निर्वाह गरेको आरोप लागेको छ । यही प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    यसअघि उक्त प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट