काठमाण्डौ, मंसिर २५- राष्ट्रिय महिला आयोगले “खबर गरौं ११४५” हेल्पलाइन सेवाको सातौ वार्षिकोत्सव तथा आठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोग सँग सहकार्य र समन्वय गरी हिंसा पीडित महिला तथा बालिकाको हकहितको संरक्षण र संम्बर्द्धन गर्न सहकार्य गर्ने एघार वटा सरकारी तथा गैर सरकारी संघ संस्थालाई कदर पत्र, आयोगको सहायता कक्षमा निरन्तर खटिएका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ।
आयोगबाट बहुआयामिक सेवा प्राप्त गरी आत्मनिर्भर जीवन यापन गरीरहेकी हिंसा पीडित सेवा ग्राहीलाई हौसला प्रदान गरी मायाको चिनो र शुभकामना पत्र प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा आयोगका सचिव पार्वती अर्यालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै “खबर गरौँ ११४५” बाट एक वर्ष भित्र चार हजार भन्दा बढी हिंसा पिडित महिलालाई सेवा दिएको र आयोगले विगत ५ वर्ष सम्म दिएको सेवाको केश स्टडी समेतको संक्षिप्त विवरण सहित गत वर्ष मात्र ३७९ हिंसा पीडितका उजुरीहरुमा मेलमिलाप गराएको बताउनुभयो ।
मेलमिलनप गराउदा झेल्नुपर्ने दुख र मेहनतको चर्चा गर्दै ३७९ केसको मेलमिलाप गराउन २ हजार २ सय पटक छलफल गराएको उदाहरण प्रस्तुत गर्नु भयो।
सचिव अर्याललले राष्ट्रिय महिला आयोगमा प्राप्त हुने घरेलु हिंसा अन्तर्गत ४२% उजुरी मानसिक हिंसा सम्बद्ध रहेको, ३०% आर्थिक, २४% शारिरिक र ४% यौनजन्य प्रकृतिका हिंसा रहेको जानकारी गराउनु भएको थियो भने कार्यक्रममा आयोगको माननीय सदस्यहरु, विभिन्न संवैधानीक आयोग/मन्त्रालय/निकायका प्रतिनिधीहरु, आयोग सँग साझेदार रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सुरक्षा निकायका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया