logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • प्रहरीले विज्ञप्ति निकाल्दै भन्याे- गणेशमान सिंह ठकुरीको मुद्दा गृहमन्त्री लामिछानेसँग असम्बन्धित

    प्रहरीले विज्ञप्ति निकाल्दै भन्याे- गणेशमान सिंह ठकुरीको मुद्दा गृहमन्त्री लामिछानेसँग असम्बन्धित

    754
    SHARES
    प्रहरीले विज्ञप्ति निकाल्दै भन्याे- गणेशमान सिंह ठकुरीको मुद्दा गृहमन्त्री लामिछानेसँग असम्बन्धित

    काठमाडौं । साइबर ब्युरोको यातनाका कारण विष सेवन गरेको दाबी गरेका युवकले प्रहरीमा आउनुअघि नै आफू ‘विष खाएर मर्न लागेको’ म्यासेज साथीलाई पठाएको दाबी गरेको छ । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले ठकुरीले प्रहरीकहाँ आउनुअघि कीर्तिपुर क्याम्पसका विधार्थी नेतालाई म्यासेज गरेर आफू विष सेवन गरेर मर्न लागेको बताएको जानकारीमा आएको उल्लेख गरे ।



    गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूले गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले दिएको यातनाले विष सेवन गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए । अवस्थीले टीयूका लेक्चरले फोन गरेर बुझेपछि ठकुरीले साथीलाई म्यासेज गरेको बारे थाहा पाएको बताए । ‘ठकुरीले ब्युरोले बोलाएको भनेर विष सेवन गर्छु भन्दै म्यासेज गरेका रहेछन् । त्यही कुरा थाहा पाएर मसँग ती लेक्चरले चासो राखेपछि मैले उनलाई माथी बोलाएर बुझेको थिएँ’, अवस्थीले भने ।

    प्रहरीका अनुसार ठकुरीको साथबाट पारा सिटामोलका दुईवटा खाली पत्ता भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । प्रवक्ता अवस्थीले ठकुरीलाई बोलाइएको विषय गृहमन्त्री लामिछानेसँग सम्बन्धित नरहेको दाबी गरे । ‘इलामको एक होटलको पेजमा गएर वेश्यावृत्ति हुने गरेको जस्ता आपत्तिजनक कुरा लेखेपछि उनीमाथी कारबाही गर्न भन्दै उजुरी परेको रहेछ । त्यसै सम्बन्धमा बुझ्न उनलाई बोलाइएको हो’, अवस्थीले भने । अनुसन्धानमा संलग्न एक अधिकारी भने ठकुरीलाई बोलाइएको विषय युवती चरित्र हत्यासँग जोडिएको बताउँछन् ।

     


    फास्ट न्युज
  • बिहिबार, १३ बैशाख २०८१
  • सम्बन्धित समाचार