logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • दशौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस क्लब भिड्दै

    820Shares
    दशौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस क्लब भिड्दै

    सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।

    सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

    कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने तय भए पनि खेल तालिकाअनुसार केही विधाका प्रतिस्पर्धा उद्घाटन समारोहअघि नै सुरु हुन लागेका हुन् ।

    घरेलु मैदान र समर्थकको साथ पाउने अपेक्षासहित मैदानमा उत्रिन लागेको कर्णाली प्रदेशले उद्घाटन खेलमै बलियो विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेल भएकाले यसलाई कर्णालीको खेलकुद उत्सवको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।

    कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार विकास र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट