logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • सुहाङ नेम्बाङलाई पार्टीमा ल्याएर कोशीको मुख्यमन्त्री बनाउन सुदन किरातीको प्रस्ताव

    721Shares
    सुहाङ नेम्बाङलाई पार्टीमा ल्याएर कोशीको मुख्यमन्त्री बनाउन सुदन किरातीको प्रस्ताव

    उदयपुर, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

    उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै किरातीले सुहाङलाई पार्टीमा ससम्मान भित्र्याउन पहल गर्नुपर्ने बताएका हुन्।

    किरातीले सुहाङलाई शालिन र भद्र नेताका रूपमा चित्रण गर्दै उनीसँग संवाद गरेर पार्टीमा उचित स्थान दिनुपर्ने धारणा राखे। सुहाङलाई मुख्यमन्त्री बनाउन सके पार्टीका लागि सकारात्मक परिणाम आउने उनको भनाइ थियो।

    उनले श्रम संस्कृति पार्टीका अध्यक्ष र वरिष्ठ नेता दुवै राई समुदायबाट रहेको उल्लेख गर्दै सुहाङसँग संवाद गरी उनलाई पार्टीमा ल्याउनुपर्ने बताएका थिए।

    किरातीले सुहाङ पार्टीमा आए श्रम संस्कृति पार्टीलाई देशकै ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सहज हुने दाबीसमेत गरे। उनले यस्तो कदमलाई जातीय उत्पीडनको क्षतिपूर्ति र इतिहासमा भएका गल्ती सच्याउने अवसरका रूपमा व्याख्या गरे।

    उनका अनुसार सुहाङलाई पार्टीमा ल्याउँदा पार्टी संगठन बलियो हुनुका साथै सामाजिक तथा जातीय सन्तुलन कायम गर्नसमेत सहयोग पुग्नेछ।

    प्रशिक्षण कार्यक्रमकै क्रममा किरातीले अब नेपालको राष्ट्रपति दलित समुदायबाट बनाउनुपर्ने मागसमेत अघि सारे।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट