logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी

    946Shares
    जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट पारेका छन् ।

    संयुक्त राष्ट्रसंघ–दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको बताएका हुन् ।

    “हामी विश्वस्त छौँ कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वका लागि आवश्यक छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।’’

    उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट