logo

२०८३ भाद्र ५ शुक्रबार

logo
  • २०८३ भाद्र ५ शुक्रबार
  • किरण थापा मगरले आइतबार विश्वासको मत लिँदै

    736Shares
    किरण थापा मगरले आइतबार विश्वासको मत लिँदै

    हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

    प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरिएको छ। उनी बिहीबार नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

    बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। कुल ११० सदस्यीय प्रदेशसभाका ६ सदस्यले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ सदस्य कायम छन्।

    यसैबीच, राप्रपाले मुख्यमन्त्री थापालाई दिएको समर्थनलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। राप्रपा केन्द्रले पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ।

    राप्रपाले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई समेत कारबाही गर्ने जनाएको छ। बिहीबार राप्रपाबाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त गरिएको थियो।



    फास्ट न्युज    
  • २०८३ भाद्र ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट