काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ६४ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा परेकामध्ये काठमाडौंबाट ५२ जना, ललितपुर र भक्तपुरबाट ६\६ जना रहेका छन्। यस अवधिमा विभिन्न मुद्दाका २९ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया