logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

    745Shares
    बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

    काठमाण्डौ । पशुसेवा विभागले काठमाण्डौ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ । विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।

    काठमाण्डौ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो । बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ ।

    सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ । प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ । त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८३ असार १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट