logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • आईपीएलको उद्घाटन खेलमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै

    1KShares
    आईपीएलको उद्घाटन खेलमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।

    यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

    कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट