logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • यु–१९ महिला विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित, विश्वकपबाट बाहिरियो

    922Shares
    यु–१९ महिला विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित, विश्वकपबाट बाहिरियो

    काठमाण्डौ|  अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल यु–१९ महिला विश्वकपबाट बाहिरिएको छ । बुधबार अष्ट्रेलियासँग भएको खेलमा ८३ रनले पराजित भएपछि नेपाल औपचारीक रुपमै विश्वकपबाट बाहिर भएको हो ।

    मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

    अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

    उसका लागि काओइमहे ब्रायले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३० र क्लोए आइन्सवर्थले १६ रन जोडिन् । नेपालका लागि कप्तान पूजा महतोले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिइन् । यस्तै, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।



    फास्ट न्युज    
  • २०८१ माघ ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट