logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • लगानी बोर्डले सौर्य ऊर्जासँग सम्बन्धित अध्ययनको प्रक्रिया अगाडि बढाउने

    922Shares
    लगानी बोर्डले सौर्य ऊर्जासँग सम्बन्धित अध्ययनको प्रक्रिया अगाडि बढाउने

    काठमाडौं । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

    निजी क्षेत्रले प्रस्ताव गरेको एक हजार मेगावाटको सौर्य ऊर्जासँग सम्बन्धित आयोजनालाई स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । उनले ब्याट्री इनर्जी स्टोरेज प्रोजेक्टले पिक लोडको अवस्थामा ऊर्जाको प्राप्त नहुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको बताए ।

    उनले समुन्द्रभित्र रहने कोबाल्टलगायत रेयर अर्थ मेट्रियल्सहरूमा नेपाल राख्ने अधिकारलाई लिनको लागि अध्ययन गर्नेसहितको प्रस्तावित प्रस्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको समेत जानकारी दिए ।

    पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित प्रस्तावित परियोजनालाई अगाडि बढाउन उक्त प्रस्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिस्पर्धा गराइ अगाडि बढाउने निर्णय भएको उनले बताए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट