logo

२०८३ जेष्ठ ७ बिहीबार

logo
  • २०८३ जेष्ठ ७ बिहीबार
  • संसदीय तीन समितिको बैठक आज बस्दै, बजेट र भूमिहीन व्यवस्थापनबारे छलफल

    802Shares
    संसदीय तीन समितिको बैठक आज बस्दै, बजेट र भूमिहीन व्यवस्थापनबारे छलफल

    काठमाडौं । आज संघीय संसदअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

    बैठक बस्ने समितिहरूमा अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।

    आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयबारे विज्ञहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

    यस्तै, बिहान ११ बजे राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्नेछ ।

    संयुक्त बैठकमा भूमिहीन नागरिकलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमन समीक्षा तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट