logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • संसदमा प्रधानमन्त्री बालेनले भने ´नेपालले पनि भारतको भूमि मिचेको रहेछ’

    772Shares
    संसदमा प्रधानमन्त्री बालेनले भने ´नेपालले पनि भारतको भूमि मिचेको रहेछ’

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको दाबी गरेका छन्।
    प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि प्राप्त जानकारीका आधारमा यस्तो तथ्य फेला परेको बताएका हुन्। “म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,” उनले भने।
    प्रधानमन्त्री शाहको यो अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल–भारत सीमा विवादबारे नयाँ बहस सुरु भएको छ। सामान्यतया नेपालले भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण भएको विषय उठाउँदै आएको अवस्थामा प्रधानमन्त्रीले नेपालतर्फबाट पनि सीमा अतिक्रमण भएको दाबी गरेका हुन्।
    उनले सीमा सम्बन्धी विवादको समाधान आरोप–प्रत्यारोपबाट नभई तथ्य, प्रमाण र कूटनीतिक संवादमार्फत खोजिनुपर्नेमा जोड दिए। लिपुलेक र लिम्पियाधुरालगायतका विषयमा नेपाल र भारतबीच छलफलको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै उनले दुवै देश बसेर सीमा र भू–भाग सम्बन्धी विषयको विस्तृत अध्ययन गर्नुपर्ने बताए।
    प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि द्विपक्षीय ‘टेबल टक’ आवश्यक रहेको उल्लेख गर्दै नेपालले यस विषयमा कूटनीतिक पहल जारी राखेको पनि जानकारी दिए।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट