logo

२०८३ असार २१ आईतवार

logo
  • २०८३ असार २१ आईतवार
  • जेन-जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन

    763Shares
    जेन-जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन

    काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनसँग जोडिएका फौजदारी मुद्दाहरूको पेशी तत्काललाई रोक्न सम्बन्धित कार्यालयहरुलाई पत्र पठाएको छ । उक्त कार्यालयले अहिलेलाई फौजदारी मुद्दाहरूको पेशी रोक्न देशभरका सरकारी वकिल कार्यालयहरूमा पत्र पठाएको हो ।

    असार १८ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न गृह मन्त्रालयले एउटा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालयअन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार १९ गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती कारबाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको बुझिएको छ ।

    कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनुवाइ हुने छैन । यसले गएको भदौ २३ र २४ गतेका घटनासँग जोडिएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ । भदौ २४ गतेको घटनामा संलग्न भएको अभियोगमा झन्डै ९५० जनाविरुद्ध मुद्दा चलिरहेको छ ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट