काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ ।बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंगो लगाएको हो ।
सभामुखको मनोनयन यही चैत २० गते र निर्वाचन २२ गते गर्ने सर्वदलीय सहमति जुटेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।यस्तै, चैत १९को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया