logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    949Shares
    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    काठमाडौँ । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो ।
    ती मध्ये १० वटामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो । ”त्यहाँ अझै मरेका काग भेटिएका छन् । मरेका सबै काग संकलन गर्न कसिएको छैन,” नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् ।मरेका कागमा एचफाइभ एन वान र एच नाइन दुवै भाइरस देखिएको पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताए ।नगरपालिकाले मरेका ६८ कागलाई पुरेको छ । कागमा बर्डफ्लु पुष्टिपछि कुखुरा तथा दाना ओसारपसार नगर्न  नगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट