logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ

    916Shares
    सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ

    काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमाओवादी पार्टीका नेतासमेत रहेका विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोपमा उनी पक्राउ परेका हुन् । जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाइँदा त्यहाँ देखिएका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।

    यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई सोही कार्यालयले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा झापा, भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठ थिए ।

    अरुकै उक्साहटमा त्यहाँ पुगेको उनीहरुले प्रारम्भिक बयान दिएका थिए । प्रहरीस्रोतका अनुसार पूर्वस्ववियु सभापति ढुंगेल र ती युवकबीच घटनाअघि र पछि पनि सम्पर्क देखिएका आधारमा उनलाई पक्राउ गरिएको हो । घटनापछि ढुंगेल सार्वजनिक सम्पर्कबाहिर थिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार