logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • राष्ट्रियसभा बैठकमा आज महालेखा परीक्षकको प्रतिवेदन पेस गरिँदै

    1.3KShares
    राष्ट्रियसभा बैठकमा आज महालेखा परीक्षकको प्रतिवेदन पेस गरिँदै

    काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज ९शुक्रबार० बस्दैछ । बैठक बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नुहुनेछ ।

    बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट