logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या १७ पुग्यो

    946Shares
    निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या १७ पुग्यो

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १७ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेकोमा दोस्रो दिन मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)सहित ५ दल दर्ता भएका हुन् ।

    मङ्गलवार दर्ता हुने दलमा हुकुमबहादुर लामा नेतृत्वको नेपाल जनता संरक्षण पार्टी, चन्द्रप्रकाश (सीपी) मैनाली नेतृत्वको नेकपा (माले), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), त्रिभुवननाथ पाठक नेतृत्वको नेपाल जनता पार्टी र विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सोमबार पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपासहित १२ दल दर्ता भएका थिए ।

    निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने सूचना आइतबार सार्वजनिक गरेको थियो । यसैबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ४ पुगेको छ । सोमबार ३ दल दर्ता भएकोमा मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) थपिएपछि दर्ता हुनेको संख्या ४ पुगेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट