logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • एशियाली युथ गेम्सका लागि नेपाली जुडो टोली सोमबार बहराइन जाँदै

    1.1KShares
    एशियाली युथ गेम्सका लागि नेपाली जुडो टोली सोमबार बहराइन जाँदै

    काठमाण्डाै । तेस्रो एशियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एशियाली युथ गेम्स शुरू भइसके पनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ बुधवारदेखि हुनेछ ।

    जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्नेछिन् । समितासहित उनको स्पर्धामा १३ जना प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् । समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।

    टोलीलाई आज एक कार्यक्रमका बीच काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर १ ले बिदाइ गरेको छ । कार्यक्रममा वडाध्यक्ष रामेश्वर लामाले समिताले पदक जिते व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    एशियाली युथ गेम्सकै लागि नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि भोलि नै बहराइन जानेछन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट