logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • कवाड व्यवसायी आन्दोलनमा उत्रिए, काठमाडौं महानगरले रोजीरोटी खोसेको गुनासो

    1.1KShares
    कवाड व्यवसायी आन्दोलनमा उत्रिए, काठमाडौं महानगरले रोजीरोटी खोसेको गुनासो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड व्यवसायीहरूले आज (सोमबार) काठमाडौंमा वृहत प्रदर्शन गरेका छन् ।

    उनीहरूले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले कवाड व्यावसायीहरु माथि गरेको गुण्डागर्दी विरुद्धको प्रर्दशन लेखिएको व्यानरसहित भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।

    महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेको जनाएका छन्। अहिले महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा कडाइ गर्दै आएको छ । यसले कवाड व्यावसायीहरुलाई समस्या परेको र रोजिरोटी नै गुमेको आरोप कवाड व्यावसायिहरुको रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट