logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • दाङकाे प्लाई उद्याेगमा १८ घण्टादेखि आगलागी

    946Shares
    दाङकाे प्लाई उद्याेगमा १८ घण्टादेखि आगलागी

    काठमाण्डाै ।  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि शुरू भएको आगो अझै निभाउन सकिएको छैन ।

    आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनार्दन जिसीले उज्यालोलाई जानकारी दिनुभयो ।

    झन्डै ७ बिघामा क्षेत्रफलमा फैलिएको उद्योगभित्र ठूलो मात्रामा गोलिया काठ राखिएकोले आगो निभाउन समस्या भइरहेको छ । ८ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही, बाँके, कपिलवस्तु, दाङ लगायतका जिल्लाबाट दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।

    आगलागीबाट करोडौंको भौतिक क्षति भए पनि मानव बस्ती नजिक नभएकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अहिले डोजरको प्रयोग गरी जमिनको भाग छुट्टयाएर आगो थप फैलिनबाट रोक्ने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।

    उद्योगमा बिजुली शर्ट भएर गएराति २ बजेदेखि आगलागी शुरू भएको हो । उद्योग नजिकका ३० वटाभन्दा धेरै घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकालिएको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ ।

    हावा लागेकाले आगो निभाउन थप समस्या भइरहेको छ । आगो निभाएपछि मात्रै क्षतिबारे अनुमान हुने प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट